भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको छ । यस्तै ग्यासमा प्रतिसिलिन्डर ११८ रुपियाँ बढेर आएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखका नयाँ मूल्य पठाउने गर्छ ।

निगमका अनुसार मूल्य बढेर आएकाले घाटा पनि बढ्नेछ । प्रतिलिटर पेट्रोलमा २३ रुपियाँ दुई पैसा, डिजलमा ४० रुपियाँ १३ पैसा घाटा छ । यस्तै सबैभन्दा धेरै घाटा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपियाँ रहेको छ । निगमका अनुसार प्रतिलिटर डिजल र पेट्रोलको खरिद मूल्य १८३ रुपियाँ रहेको छ । ग्यासको खरिद मूल्य दुई हजार ६५० रुपियाँ रहेको छ । हाल पेट्रोल प्रतिलिटर १६० रुपियाँ, डिजेल÷मट्टीतेल १४३, हवाई इन्धन प्रतिलिटर १५६ र ग्यासको बजार मूल्य एक हजार छ सय रुपियाँ रहेको छ ।

साभार :गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्