अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

धनुषा । सबैला नगरपालिका-१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्र.२-०३-०१९ प १९४२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक यादवलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ स्थितबाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका-९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन् । बिना नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्