राजस्व छल्ने दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालतमा मुद्दा दायर

<span class='c1'>राजस्व छल्ने दुई व्यावसायिक फर्मविरुद्ध</span> <span class='c2'>उच्च अदालतमा मुद्दा दायर</span>

काठमाडौँ । राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१०, देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यती इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको छ ।

विभागले नौ करोड ६७ लाख ३२ हजार ५६० रुपियाँ बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ छ करोड २७ लाख १४ हजार ५६० रुपियाँ बराबरको छली गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख ६५ हजार १२० रुपियाँ असुल गरी कैद सजायसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्