सामाजिक संजालमा भाइरल ‘मिदी प्रहरी’ भन्ने युवक पक्राउ

<span class='c1'>सामाजिक संजालमा भाइरल ‘मिदी</span> <span class='c2'>प्रहरी’ भन्ने युवक पक्राउ</span>

काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश प्रवाह हुने गरी भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेको अभियोगमा १६ वर्षीय युवक पक्राउ परेका छन् ।

सामाजिक संजालमा भाइरल भएको भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको हो । सामाजिक संजालमा भाइरल भएको भिडियोमा म्यादी प्रहरीको पोशाक लगाएर ‘आफू मिदीमा भर्ना भएको’ भन्दै आफुले जे गरे पनि कसैले केही गर्न नसक्ने र नेपालको कानून त काम्छ मबाट रेग्मीले भिडियो मार्फत बताएका थिए । उक्त भिडियो सामाजिक संजालमा हजारौले शेयर गरेका थिए ।प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको छ । रेग्मीले आफन्तको छोराको पोशाक लगाएर भिडियो बनाएर सामाजिक संजालमा हालिएको पाइएको छ । उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजालमा उक्त भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिक रुपमा गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ खाने र खुवाउने कुरा गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्धा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्