अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका एक जना पक्राउ

अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको वि.सं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए ।

पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्