विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने आम सभास्थल जलमग्न

विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने आम सभास्थल जलमग्न

विराटनगर । बुधबार रातिदेखि नै भारी वर्षाका कारण चितवनको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबानमा परेको छ ।

बुधबार रातिदेखि परेको भारी वर्षाका कारण सभास्थल जलमग्न भएको हो ।

सभास्थलमा सजाएर राखिएको झन्डा, ब्यानरहरु समेत डुबानमा परेका छन् । सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा बिहिबार संयुक्त चुनावी सभा हुँदै छ । सभास्थल जलमग्न भएपछि अब के गर्ने भन्ने कुरामा अन्याेलमा परेका छन् ।

उक्त सभालाई विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ । सभालाई सम्बोधन गर्नका लागि विभिन्न दलका शीर्ष नेताहरु बुधबार नै चितवन पुगिसकेका छन् ।

तस्बिर : मेट्राे पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्