झापा । विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।