विराटनगर । सुन प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।
आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ६०० रुपैयाँले वृद्धि भई ९८ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलाको ५ रुपैयाँले वृद्धि भई १२ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।