हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । भने सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। भने प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्