सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

विराटनगर । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९८ हजारमा झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.९८ हजार २०० थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ६३ डलर आसपासमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्