विराटनगर बैशाख ३१ ,
चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो ।
काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ८ बजेबाट नै प्रारम्भ गर्ने सर्वदलीय सहमति जुटेको छ । विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदैछ ।
त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ । ललितपुर महानगरपालिकाको मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । वीरगञ्ज महानगरपालिकाको मतगणना पनि आजैबाट सुरु हुने बताएको छ ।