सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा आईतबार पनि दिने

<span class='c1'>सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो</span> <span class='c2'>बैंकिङ्ग सेवा आईतबार पनि दिने</span>

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा आईतबार पनि दिने जनाएको छ। नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागूहुने गरी हप्तामा शनिबार र आईतबारगरी दुई दिन बिदा दिने निर्णय गरेसंगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट वैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैं आईतबार पनि बैंकिङ्ग सेवा प्रदान गर्ने निर्णय गरेको हो।

यसअन्तर्गत हाल बैंकले प्रदेश नं.१ मा रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, बसन्तपुर, धनकुटा, धरान, इटहरी, टंकीसुनवरी, रंगेली)बाट जेष्ठ १ गतेदेखि नै सेवा प्रदान गर्ने र आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आईतबार संचालन हुने शाखा संख्या बडाउँदैं लैजाने नीति बैंकले लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्