मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

विराटनगर । हिमालपारिको जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले नेकपा (एमाले) का उम्मेदवार मनबहादुर गुरुङलाई १ सय ७४ ले पराजित गरेका हुन् । विजयी भएका गुरुङले ८ सय २० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मनबहादुरले ६ सय ४६ मत पाए ।

यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ विजयी भएका छन् । उनले ९ सय १३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४ सय ९६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्