कैलालीको चार पालिकामा मतगणना सुरु, काँग्रेस, एमाले र राप्रपाको सुरुवाती अग्रता

<span class='c1'>कैलालीको चार पालिकामा मतगणना सुरु, काँग्रेस,</span> <span class='c2'>एमाले र राप्रपाको सुरुवाती अग्रता</span>

कैलाली । कैलालीका चार स्थानीय तह बर्दगोरिया र कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र र टीकापुर नगरमा मतगणना सुरु भएको छ ।

धनगढी उपमहानगरपालिकासहितका पालिकामा मतगणना गर्ने तयारी भइरहेको जनाइएको छ । सुरुवाती मतगणनामा गोदावरीमा नेपाली काँग्रेस, बर्दगोरियामा नेकपा (एमाले), कैलारी गाउँपालिकामा राप्रपाले प्रमुख/अध्यक्ष पदमा अग्रता लिएका छन् । मतगणनाको तयारीका क्रममा अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको छ । जिल्लामा रहेका १३ पालिकामा शुक्रबार भएको मतदानमा झण्डै ६५ प्रतिशत मतदान भएको थियो ।

यसैबीच सुदूरपश्चिम प्रदेशको कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भएको निर्वाचनको मतपेटिका आज बिहानसम्म मतगणनास्थलमा पु¥याउन सकिएको छैन । भौगोलिक रुपमा विकट सो गाउँपालिकामा सडक सञ्जाल र टेलिफोनको असुविधा छ ।

मतगणनास्थल गाउँपालिकाको खिमडीमा बिहानसम्म वडा नं ५, ६ र ७ मा मतदान केन्द्रका मतपेटिका नपुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हवाई माध्यमद्वारा मतपेटिका ल्याउने व्यवस्थापन नहुँदा उक्त स्थानबाट मतपेटिका ल्याउन बिहान मात्रै प्रहरी टोली परिचालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्