विराटनगरको मेयरमा सत्ता गठबन्धन अगाडि : १२८२ गन्दा कोईरालालाई ४१९ मत

विराटनगरको मेयरमा सत्ता गठबन्धन अगाडि : १२८२ गन्दा कोईरालालाई ४१९ मत

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

दिउँसो ४ बजेर ३५ मिनेटको बजेको प्राप्त परिणाम अनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट नागेश कोईरालाले ४१९ मत प्राप्त गरी अग्र स्थान हाँसिल गरेका हुन् । यसबाहेक नेकपा एमालेको तर्फबाट सागर थापाले २९६, राप्रपाका तर्फबाट प्रह्लाद शाहले ७५ र स्वतन्त्र उम्मेदवार उमेश यादवले १११ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा भने अझैपनि नेकपा एमालेकै अग्रता देखिएको छ । १ हजार २८२ मत गणना गर्दा विराटनगरको उपमेयरमा नेकपा एमालेबाट शिल्पा निराला कार्कीले ३४५ मत प्राप्त गरेकी छन् । प्राप्त नतिजा अनुसार जसपा नेपालका तर्फबाट अमरेन्द्र यादवले १९८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ६१ मत पाएकी छन् ।

शुक्रबार भएको मतदानमा विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो । कुल मतदाताहरु मध्ये ६७.४४ प्रतिशतले मतदान गरेका थिए । मतगणना गर्ने कार्य भने जारी नै रहेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्