सिन्धुपाल्चोकको बलेफी–१ मा कांग्रेसका खड्का निर्वाचित

सिन्धुपाल्चोकको बलेफी–१ मा कांग्रेसका खड्का निर्वाचित

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ को वडा अध्यक्ष पदमा कांग्रेसका हुपबहादुर खड्का निर्वाचित भएका छन् ।

गाउँपालिका-१ को अन्तिम मतपरिणाम अनुसार ६ सय ७९ मत प्राप्त गरी खड्का निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का दिलप्रसाद कर्मचार्यले ५ सय ४१ मत प्राप्त गर्दा नेकपा (एमाले)का जगतराज थापाले ४ सय ४ मत प्राप्त गरे ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार सुवास तिमल्सिनाले ६ सय १३ मतले अग्रता लिँदा माओवादीका गंगाबहादुर तामाङले ५ सय ७० मतसहित पछ्याइ रहेका छन् । एमालेका नारायणकाजी श्रेष्ठले ४ सय २८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्