सप्तरीकाे रुपनीमा स्थगित निर्वाचन जेठ २ गते

सप्तरीकाे रुपनीमा स्थगित निर्वाचन जेठ २ गते

सप्तरी । मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ ।

रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताए ।

निर्वाचन अधिकृत मास्केको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, गणपति दुर्गाबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साह, जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसहित राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।

शुक्रबार अपराह्न सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सञ्चालन भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरले मतदाताहरू तितरबितर भएपछि शुक्रबार राति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्