पोखरामा मतगणना गर्ने क्रममा विवाद

पोखरामा मतगणना गर्ने क्रममा विवाद

कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको थियो ।

मतगणना गर्ने क्रममा विवाद देखिएको छ । महानगरपालिका-१ को मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गणना गर्न लागेको हो ।

महानगरपालिका- २ को मतगणनामा पनि विवाद भएको छ । मत सदर कि बदर भन्ने विषयमा विवाद हुँदा वडा २ को मतगणना कार्य रोकिएको हो ।

पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो ।

रातोपाटीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्