हास्य कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा निर्वाचित

हास्य कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा निर्वाचित

विराटनगर । चर्चित हास्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्य पदमा विजयी भएका छन् ।

तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् ।

एक तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफू वडा सदस्यमा विजयी भएको भण्डारीले जानकारी दिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियलमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्