कानेपोखरीमा एमालेकी इङ्नामको निरन्तर अग्रता

कानेपोखरीमा एमालेकी इङ्नामको निरन्तर अग्रता

विराटनगर । मोरङको कानेपोखरीमा नेकपा एमालेकोतर्फबाट अध्यक्षको उमेदवार राजमती इङ्नामले निरन्तर अग्रता लिएकी छिन् । वडा नम्बर १, २, ६ र ७ को गणना भईसकेको छ । ३ र ५ को गणना भईरहँदा इङ्नामले ७ हजार २८० मत ल्याएकी हुन् । उनलाई पछ्याईरहेका काँग्रेसका सन्जय भट्टराईले ४ हजार ६७९ र माओवादीका सुर्य धिमालले ३ हजार ६६९ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै भोला अधिकारीले ७ हजार ६२८ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका काँग्रेसकी मनकुमारी गुरुङ ५ हजार ८५६ मत र माओवादीकी तारा ओझा १ हजार ५८४ मतमा सिमित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्