सर्लाहीको रामनगरमा प्रमुख बने २२ वर्षीय युवक

सर्लाहीको रामनगरमा प्रमुख बने २२ वर्षीय युवक

सर्लाही । सर्लाहीको रामनगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाएका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन् ।
त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्