विराटनगर-५ स्थित बरगाछीमा मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा

विराटनगर-५ स्थित बरगाछीमा मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा

विराटनगर । विराटनगर-५ बरगाछीस्थित धरान रोडमा मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।

दन्त उपचार सम्बन्धी सबै प्रकारका बिशेषज्ञ सेवा सहित सोमबारदेखि उक्त डेन्टर क्लिनिक सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त क्लिनिकको उद्घाटन गरिएको हो । सञ्चालक स्वेच्छा शाहकी सासुआमा टिकामाया बस्नेतले रिबन काटेर क्लिनिकको उद्घाटन गरेकी हुन् । दन्त प्रत्यारोपण, आरसिटी, बे्रसेस, फिलिङ्ग्स, म्याग्जिलो फेसियल सर्जरी र अर्थोडोन्टिक्स लगायतका सम्पुर्ण सेवाहरु प्रवाह हुने गरी क्लिनिक सञ्चालनमा ल्याईएको सञ्चालक एवं वरिष्ठ दन्त रोग बिशेषज्ञ डा. स्वेच्छा शाहले बताईन् । उनले बालबालिकादेखि वृद्धवृद्धाहरुले बिशेषज्ञ सेवा पाउने गरी क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी दिईन् । उनीले भनिन्, ‘पहिले दाँतको आरसिटी हातबाट गरिने गरिएको थियो । तर, अब यस क्लिनिकमा सुविधा सम्पन्न उपकरणबाट आरसिटी हुने व्यवस्था गरिएको छ ।’

सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सो क्लिनिकमा करिब ६० लाख लगानी गरिएको छ । क्लिनिक फुल फेजमा सञ्चालन भएपछि १० देखि १५ जनासम्मले रोजगारी पाउने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्