बालेनले जित्लान् कि हार्लान्? भनेर बाजी राख्ने खोटाङका दुई युवक पक्राउ

बालेनले जित्लान् कि हार्लान्? भनेर बाजी राख्ने खोटाङका दुई युवक पक्राउ

विराटनगर । बालेन शाहको जित र हारलाई लिएर बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् । यस्तो किसिमको बाजी गैरकानुनी भएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाईकाठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाई लिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-५ का विजय फुँयाल र रमेश खड्काले लिखित कागज गरेर २८ केजीको खसी बाजी राखेका थिए ।

उनीहरुले गरेको कागज अनुसार यदि बालेन शाहले मेयर पदमा जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेनले हारे विजयले २८ केजी खसीको मूल्य भुक्तानी तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेनको मिति भने उल्लेख गरेका थिएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्