६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथा सफल आरोहण

<span class='c1'>६२ वर्षीय वरिष्ठ अधिवक्ता</span> <span class='c2'>भुसालद्वारा सगरमाथा सफल आरोहण</span>

काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।

भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएका थिए ।

अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा.प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्