स्याङ्जाको आँधिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

स्याङ्जाको आँधिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छन् । उनले पाँच हजार २७३ मतले विजयी भइन् भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे ।

६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा आँधिखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्