ललितपुरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेकाे अग्रता

ललितपुरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेकाे अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबुले सात हजार २ सय १७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ८३ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६ सय ७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २ सय ९२ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्