सुनको मूल्य प्रतितोला ९६ हजार सात सय

सुनको मूल्य प्रतितोला ९६ हजार सात सय

काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजारदुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपियाँले बढेर एक हजार २६० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्