विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५७ मतको अग्रता बनाएका छन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले ११ हजार १३ पाएका छन् ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले ५ हजार ९५६ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ५ हजार २११ मत पाएकी छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाईरहेका छन् ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।