पोल्यान्ड जाने प्रक्रिया मिलाउन दिल्ली पुगेका दमकका युवाको रेलले किचेर मृत्यु

<span class='c1'>पोल्यान्ड जाने प्रक्रिया मिलाउन दिल्ली पुगेका</span> <span class='c2'>दमकका युवाको रेलले किचेर मृत्यु</span>

विराटनगर । पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली पुगेका झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाको रेलले किचेर मृत्यु भएको छ । उनी नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् ।

संग्रौला पोल्यान्ड जान आवश्यक प्रक्रियाका लागि वैशाखको अन्तिम साता झापाबाट दिल्ली आएका पुगेका थिए । पहाडगंजस्थित होटल मदर प्यालेसमा बसेका उनी वैशाख २७ साँझबाट हराएका थिए । उनी हराएको सूचना पाएसँगै खोजीका लागि परिवारजन पुगेका थिए । प्रहरीले केही घटनाका तस्बिर देखाउँदा संग्रौलाको पनि भेटिएको हो ।

दिल्ली प्रहरीका सहायक निरीक्षक सुखपाल सिंहले सुनसान स्थानमा रेलले किचेको अवस्थामा भेटिएको शवको फोटो देखाएर परिवारबाट पहिचान खुलाएको जानारी दिए । त्यहाँको प्रहरीले आत्माहत्या दावी गरेको छ । सीसीटीभीको दृश्यमा साँझ ५ बजेर ४७ मिनेटमा उनी होटलबाट बाहिर निस्किएको देखिन्छ ।

मृतकका बुबा ध्रुवले घटनाको विश्वसनीय अनुसन्धानको अपेक्षा राखेको बताएका थिए । पोल्यान्ड पठाउन आफूहरूले सघाइरहेको अवस्थामा आत्महत्या किन गर्नुपर्ने भन्ने यकिन नभएको परिवारले बताएको हो ।
उनले प्रयोग गरेको मोबाइल, लत्ताकपडा र केही पैसा भने उनी बसेको कोठामा नै पाइएको छ । होटलबाट बाहिरिएको लामो समयमा पनि उनी नफर्किपछि होटलमा सँगै बसेका झापाका अन्य युवाले प्रहरी र परिवारजनलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्