काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय रुपियाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपियाँ ले घटेर एक हजार २५० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।