बुढीगंगा गाउँपालिका-६ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

बुढीगंगा गाउँपालिका-६ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका दिलिप कुमार चौधरी ८ सय ६८ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार ५ सय ६४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोठलु गच्छदार  ६ सय ९६ मत ल्याएका छन् । उक्त वडामा ४०५६ मतदाता मध्ये ३२५२ अर्थात ८०.१७ प्रतिशत मत खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्