काठमाडौं महानगरमा बालेनले कटाए २१ हजार मत

काठमाडौं महानगरमा बालेनले कटाए २१ हजार मत

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् ।

बिहिबार बिहान निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २१८१५ पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १११२४ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १०३४१ मत पाएकी छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाईरहेका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्