सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

बिहिबार सुनको मूल्य ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर १२ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको कारोबार मूल्य १२ सय ५० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्