अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

<span class='c1'>अवैध लागूऔषध खैरो हेरोइन</span> <span class='c2'>सहित चार जना पक्राउ</span>

कैलाली । धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका-३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।

जिवनलाई धनगढी उपमहानगरपालिका-४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका-२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले र सुकमेन्द्रलाई भजनी नगरपालिका-३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्