धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै रहेको छ ।

साम्पाङले १ हजार बढीको मतकाे अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा एक हजार ८८ मतले अगाडि छन्।

पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४ सय ८० मत पाएका छन्। भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १० हजार ३ सय ९२ मत ल्याएका छन् ।

एमालेकी मन्जु पौडेल ८ हजार ४ सय ६८ मतसहित तेस्रो स्थानमा छिन्। उनी साम्पाङभन्दा ३ हजार १२ मतले पछाडि छिन् भने गठबन्धन उम्मेदवार राईसँग १ हजार ९ सय २४ मतले पछि परेकी छिन् ।

धरान ११ नम्बर वडाबाट राईले अग्रता फराकिलो बनाएका हुन् । यो वडामा २ हजार ८ सय मत गन्दा साम्पाङले १ हजार २ सय ६९ मत प्राप्त गरे। कांग्रेसका राईले जम्मा ६ सय ४० मत पाएका छन्। धरानमा स्वतन्त्र उम्मेदवार सम्पाङ लौरो चिन्ह लिएर उठेका हुन्।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्