निर्यातमा वृद्धि, आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप : सांसद पुन

निर्यातमा वृद्धि, आयात अचाक्ली वृद्धि हुँदा अर्थतन्त्रमा चाप : सांसद पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताउनुभयो ।

उहाँले केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्ने बित्तिकै रोजगारीको वृद्धि गर्ने र कृषि क्षेत्रमा नयाँपन दिन सकिने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी छ ।

वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले आग्रह गर्नुभयो ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नै ठूलो मात्रामा पैसा विदेश लैजाँदासमेत यसले विदेशी मुद्राको सञ्चितिमा प्रभाव पारेको सांसद पुनको भनाइ छ ।

तस्बिर : केशब गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्