एमालेको किल्ला भत्काएर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

एमालेको किल्ला भत्काएर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपमा एमालेले जित हाँसिल गर्दै आएको थियो । तर, यसपटक गठबन्धनबाट मेयर पदका उम्मेदवार बनेका रामकुमार थापाले १७५२५ मत प्राप्त गरि दमककोे मेयरमा निर्वाचित भएका हुन । थापाले दमकको मेयर पदमा जित हाँसिल गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेकी नेकपा एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीले १६९६६ मत प्राप्त गरेकी छन् ।

राप्रपाको प्रदेश १ अध्यक्ष रहेका थापा शाही कालमा मेयर भएका थिए । तर, उनलाई जननिर्वाचित मेयर बन्ने हुटहुटी थियो । तर, उनी एमालेकै उम्मेदवारसँग पराजित बन्दै आएका थिए । यसपटक भने एमालेलाई पाखा लगाउने सत्ता गठबन्धनको चाहना थापाको मेयर भन्ने सपना एकाकार हुँदा उनी सफल बनेका छन् ।

२०३५–०३६ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरु गरेका थापा आफ्नो विचार दृष्टिकोणमा सम्झौता नगर्ने नेता मध्ये एक हुन् । त्यसैकारण पनि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस सहितका दलहरुले उनलाई मेयरको कुर्सीमा बसाउन यसपटक सहयोगी देखिए ।

‘दमकले परिवर्तन खोजेको थियो, त्यो मतपत्र मार्फत् व्यक्त भएको छ’ जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै थापाले भने, ‘जनताले दिएको अभिमतको सम्मान गर्दै सबैप्रति आभार छ ।’ दमकलाई नमूना नगर बनाउने, नागरिकलाई निःस्वार्थ सेवा गर्ने सपना र योजना आफूसँग रहेको बताउने थापा त्यही हुटहुटीले निरन्तर प्रयास गर्न प्रेरित गरेको बताए । दमक नगरभित्र अनियमितता र कमिसनतन्त्रको ठूलो जालो लागेको भन्दै उनले अब त्यसलाई चिरेर अगाडि बढ्ने जानकारी दिए ।

२५ वर्षअघि पहिलोपटक मेयरको चुनाव लडेका थापा नेकपा एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए । दोस्रोपटक २०७४ सालमा पुनः चुनावमा लडेका उनी ओलीसँगै दोस्रो पटक पराजित भए । त्यतिबेला एमालेका ओलीले १० हजार ८०६ मत ल्याउँदा थापाले ७ हजार ६५५ मत प्राप्त गरेका थिए ।

यसपटकको निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुखमा पनि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छन् । उनले १७०७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६५७४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्