रङ्गेलीमा प्रहरी र पार्टीका कार्यकर्ताबिच झडप : दुई राउण्ड अश्रु ग्यास प्रहार

रङ्गेलीमा प्रहरी र पार्टीका कार्यकर्ताबिच झडप : दुई राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ ।

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो । मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहरुले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको हो । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्त्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताईएको छ ।

रङ्गेली नगरपालिका वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरुले विरोध गर्दै आईरहेका थिए । कार्यकर्ताहरुको विरोधका कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नुपरेको थियो । कुल ३२४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो ।

कम्प्युटरमा मत प्रबिष्टिका क्रममा प्राविधिक गडबडी भएपनि समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन् । उनले प्राविधिक त्रुटिका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गरेका छन् । ‘हामीले वडा नं. ७ बाट १० वटा मतपेटिका बुझिलिएका थियौं,’ उनले भने, ‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण १०७ मत बढी प्रविष्टि भएको रहेछ ।’

मतगणना स्थलमा हाल ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्