उर्लाबारी मेयर र उपमेयरमा एमाले, फागो भए पराजित

उर्लाबारी मेयर र उपमेयरमा एमाले, फागो भए पराजित

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी बनेको छ ।

एमालेका गंगा प्रसाद खरेल नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १ हजार ८६६ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा मिना कुमारी खतिवडाले ८८ मतले कांग्रेसकी सीता कार्कीलाई पराजित गरेकी छन् ।

अन्तिम मत परिणाम अनुसार मेयरमा निर्वाचित एमालेका खरेलले १२ हजार १५६ मत प्राप्त गरेका हुन् । मेयरमा पराजित बनेका निवर्तमान मेयर फागोले १० हजार २९० मत ल्याएका छन् ।​ उपमेयरमा एमालेकी खतिवडाले १० हजार ७२८ मत प्राप्त गर्दा गणनाको सुरुवातदेखि नै झिनो मतले पछि परेकी कांग्रेसकी कार्कीले १० हजार ६४० मतमा चित्त बुझाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्