हल्का देखि मध्यम वर्षाको सम्भावना

हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोली देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भने प्रदेश १ र मधेस प्रदेश केही स्थानहरू र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्