इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादीका राई , उपमेयरमा कांग्रेसका बराल विजयी

इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादीका राई , उपमेयरमा कांग्रेसका बराल विजयी

विराटनगर । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई निर्वाचित भएका छन् ।

राईले १२ हजार ४ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका हुन् । एमालेकी दुर्गादेवी भट्टराईले भने ९ हजार १ सय २२ मत प्राप्त गरिन् ।

१४ वटा वडा रहेको सूर्योदयमा सात वटा वडाको वडाध्यक्षमा कांग्रेस, पाँच वटा वडामा समाजवादी र दुई वटा वडामा एमाले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्