धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

राईले १२ हजार ८ सय ५ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारभन्दा १ हजार ६०० मतले र नेकपा एमालेका उम्मेदवार भन्दा ३ हजार ६ सय ५७ मत अन्तरले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार २ सय ५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार १ सय ४८ मत प्राप्त गरेकी छन् ।

यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले अग्रता कायम राखेका छन् । उनले १३ हजार ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले १२ हजार ३ सय १६ मत पाप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्