विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगत निर्वाचित भएका छन् ।
गाउँपालिकामा यसअघिका अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । अध्यक्षमा अन्सारी ६ हजार १ सय ७२ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत प्राप्त गरेका छन् ।
यस्तै,उपाध्यक्षमा भगत ६ हजार २ सय १३ मतसहित विजयी बन्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कोशिलाकुमार साहुले ५ हजार ४ सय ७ मत ल्याएकी छिन् ।