ओखलढुङ्गाको मानेभञ्ज्याङमा गम्भीर घाइते अवस्थामा बालिका फेला

ओखलढुङ्गाको मानेभञ्ज्याङमा गम्भीर घाइते अवस्थामा बालिका फेला

विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार बिहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् ।

प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाएका छन् । बालिका मानेभञ्ज्याङ्ग–५ धिम्लेकै रहेको खुलेको छ । करिब १८ वर्षीय बालिका बेलुका परिवारसँगै खाना खाएर सुतेका थिईन् । बिहान घरमा नभएपछि परिवारले उनको खोजी गर्दा गाउँ नजिकैको खोल्सामा उनीलाई अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए ।

बालिकाको बलात्कारपछि मरणासन्न हुने गरी कुटपिट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाको शरीरमा लागेको गम्भीर चोट, फाटेको कपडा लगायत घटनाको प्रकृति हेर्दा बालिकालाई सामूहिक बलात्कार गरी पोल खुल्ले डरले मरणासन्न हुने गरी कुटपिट गरी मरेको ठानेर फालेको हुनसक्ने स्थानीनयले बताएका छन् ।

बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिए । बालिका बलात्कृत भएको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेकाले केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्