४० दिने म्यादी ड्युटीपछि खुल्यो चारवर्ष अगाडीको अपराध, घर फर्कन नपाउँदै युवक गए कारागार

४० दिने म्यादी ड्युटीपछि खुल्यो चारवर्ष अगाडीको अपराध, घर फर्कन नपाउँदै युवक गए कारागार

विराटनगर । बलात्कार आरोप लागेपछि २०७४ सालमा उदयपुरबाट झापा बसाँई सरेका एक युवक स्थानीय तह निर्वाचनमा झापाबाटै म्यादीमा छनौट भए । अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी ४० दिनको म्यादी प्रहरी ड्युटी सकिएसँगै प्रहरीको नियन्त्रणमा परे । झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल म्यादी प्रहरीबाट बिदा हुने बेलामा प्रहरीको नियन्त्रणमा परेका हुन् ।

परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापा गएका उनी जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर छनोट भएका थिए । २०७४ मा उदयपुरमा भएको बलात्कारको घटनामा अदालतले कमललाई दोषी ठहर गरिसकेको थियो । उदयपुरको ताप्ली गाउँपालिका रुपाटार, सानो गहतेमा उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनी झापा सरेर बस्दै आएका थिए । त्यहिंबाट उनी म्यादीमा भर्ना भईहाले ।

बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोपसँगै झापाको भद्रपुर नगरपालिका–७ मा उनी बसाँई सरेका थिए । उनी उदयपुरबाट हिडेपनि २०७४ मा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख जरिवाना हुने फैसला थियो ।

त्यहि फैसलाको कार्यन्वयन पर्खिरहेकी पीडित किशोरीले कमलकी बहिनीको टिकटक एकाउन्टबाट झापामा रहेको पत्तो पाइन् । बैनिले म्यादी प्रहरीमा गएका आफ्ना श्रीमान् र दाईको फोटो टिकटकमा हालेकी थिइन् । कमलकी बहिनीको टिकटक हेरेकी पीडित किशोरीले त्यसैका आधारमा झापा प्रहरीमा खबर गरेर पक्राएकी हुन् । म्यादीको ड्युटी सकाएर घर फर्कने सुरसारमा रहेका कमललाई प्रहरीले त्यहिं हतकडी लगाएको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्