महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा

महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा

विराटनगर । महिन्द्रा गु्रपका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आकर्षक बिशेषता सहितका महिन्द्राको दुई ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा भित्र्याएको छ ।

३ सिलिण्डर वाटर कुल्ड ईन्जिन, १९ प्रतिशत ब्याकअप टर्क र उच्च ग्राउण्ड क्लियरेन्स लगायतका बिशेषताका साथ अग्नि ग्रुपले महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा भित्र्याएको हो । आईतबार विराटनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी महिन्द्राको ‘२७५ डिआई टियु एसपी प्लस’ र ‘५७५ डिआई एसपी प्लस’ ट्रयाक्टर लन्च गरिएको हो । नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि ग्रुपका ब्राण्ड एम्बेसेडर समेत रहेको पारस खड्काले महिन्द्राको उक्त दुई ट्रयाक्टर ऋङ्खला लन्च गरेका हुन् ।

नेपाली किसान उपभोक्ताको माग बमोजिम नयाँ भेरिएन्ट र उच्च बिशेषताका साथ महिन्द्राको उक्त दुई ट्रयाक्टर नेपाली बजारमा उपलब्ध गराईएको अग्नि ग्रुपका प्रदेश नं. १ प्रमुख प्रभासमान शाक्यले बताए । उनले ग्राहकहरुको सुझावलाई दृृष्टिगत गर्दै प्राविधिक बिशेषतामा आवश्यक सुधारका साथ नेपालमै पहिलोपटक विराटनगरमा महिन्द्राको उक्त दुई ट्रयाक्टर लन्च गरिएको जानकारी दिए ।

आईतबार सार्वजनिक महिन्द्राको उक्त दुई ट्रयाक्टर उन्नत ईएलएस डिआई इन्जिनद्वारा सञ्चालित ३० देखि ५० हर्सपावर (एचपी) सम्मको ऋङखलामा उपलब्ध छ । ३९ एचपीको २७५ आई एसपी प्लससँगै ४२ एचपीको ४१५, ४७ एचपीको ५७५ र ५० एचपीको ५८५ डिआई एसपी प्लस गरी ४ ऋङ्खलाको विस्तारित मोडेलहरुमा ट्रयाक्टर उपलब्ध रहेकोे अग्नि ग्रुपले जनाएको छ । ग्रुपका अनुसार विस्तारित मोडेलहरु डाईरेक्ट इन्जेक्शन, वाटर कुल्ड, डिजेल इन्जिन, फोर स्ट्रोक गियर, रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त हाईड्रोलिक र फ्युल ईमस्र्ड बे्रक्र जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधासहित नेपाली बजारमा ल्याईएका हुन् ।

कृषि आधुनिकीकरणका साथै कृषकहरुलाई ढुवानी कार्यमा समेत सहजता थप्न महिन्द्राको यी दुई भेरिएन्टले निकै सहयोग पुर्‍याउने अग्नि गु्रप विराटनगरका बजार व्यवस्थापन प्रमुख प्रशान्त खाकीले बताए । ६ वर्षे वारेन्टी अफरका साथ बजारमा उपलब्ध उक्त दुई भेरिएन्टले कृषि उत्पादकत्व बढाउन अग्रणी भुमिका निर्वाह गर्ने उनले जानकारी दिए ।

महिन्द्राको २७५ डिआई टियु २२३५ र ५७५ डिआई एसपी भने २९७९ सीसीमा उपलब्ध रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्