बेलावारीमा करेन्ट लागेर १ जनाको मृत्यु

बेलावारीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

आईतवार दिउँसो करिब २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्