जिसस गठनका लागि ओखलढुङ्गामा काँग्रेसको बहुमत

जिसस गठनका लागि ओखलढुङ्गामा काँग्रेसको बहुमत

विराटनगर । ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त गरेको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा काँग्रेसको तर्फबाट नौ जना मतदाता हुनुहुन्छ । एक नगरपालिका सहित सात गाउँपालिकाबाट १६ जना मतदाता मध्ये काँग्रेसको नौ जना मतदाता छन् ।

यसैगरी नेकपा (एमाले)को पाँच, माओबादी केन्द्र र जनता समाजबादी पार्टी बाट एक–एक जना हुनुहुन्छ । काँग्रेसले मानेभञ्ज्याङ्ग र सुनकोशी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ ।

यसैविच सिद्धिचरण नगरपालिकामा प्रमुख, खिजिदेम्बामा उपाध्यक्ष, चिसङ्खगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष काँग्रेसले जितेको छ । यता एमालेले मोलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ । माओबादी केन्द्रले चिशङ्खुगढीको अध्यक्ष र जनता समाजबादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि काँग्रेसको एकल बहुमत पुगेको काँग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाका सहसचिव भोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस अघि २०७४ सालमा पनि ओखलढुङ्गामा नेपाली काँग्रेस एक्लैले जिसस गठन गरेको थियो । जिल्लाका ७५ वडा मध्ये काँग्रेस ४५, एमाले २०, माओबादी केन्द्र आठ र जनता समाजबादी पार्टीले दुई वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्