झापाको शिवसताक्षीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

झापाको शिवसताक्षीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् ।

उपप्रमुखमा नेकपा एमालेकी नरमाया कार्कीले १४ हजार १ सय ५५ मत ल्याई विजयी भएका छन् । कार्कीको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्