विराटनगर महानगरले लैङ्गिक हिंसा निवारण कोष संचालनमा ल्याउने

विराटनगर महानगरले लैङ्गिक हिंसा निवारण कोष संचालनमा ल्याउने

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ ।

सोमबार पदभार गर्दै उपमेयर शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानुनी उपचार, पुर्नस्थापनामा यो कोष परिचालन गरिने छ । संविधानको धारा ३८ मा महिलाको र ३९ मा बालबालिकाको मौलिक हकको व्यस्था छ । त्यसलाइ कार्यन्यवन गर्नका लागि 'लैङ्गिक हिंसा निवारण कोष कार्यविधि- २०७८' बमोजिम कोष संचालन गरिने छ । यो कार्यविधि नगर कार्यपालिकाले स्वीकृत गरिसकेको छ ।

कोष संचालन समितिको संयोजक उपप्रमुख रहने प्रावधान छ । कार्कीले कोष कार्यन्यवन तत्काल संचालनमा ल्याइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्